टाइम्स स्क्वायरमा छुरा प्रहार, तीन जनाको खोजीमा प्रहरी
- ०९ मंसिर २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क – न्यूयोर्क प्रहरीले सोमबार बिहान टाइम्स स्क्वायरमा भएको घातक छुरा प्रहार घटनामा संलग्न तीन व्यक्तिको खोजी गरिरहेको छ।
राति करिब १ बजे ४९औँ सडक र ७औँ एवेन्यु नजिक २३ वर्षीय डाभन सिल्भा घाइते अवस्थामा भेटिएका थिए। उनको ढाडमा धेरै चोट र दायाँ जाँघमा छुरा प्रहार भएको थियो। उनलाई बेल्भ्यू अस्पताल पुर्याइएपछि मृत घोषणा गरियो।
प्रहरीका अनुसार घटनामा संलग्न तीन जनामध्ये पहिलोले बैजनी रंगको स्वेटसुट र कालो मास्क लगाएका थिए। दोस्रोले कालो ज्याकेट, गाढा रंगको पाइन्ट र खैरो बुट लगाएका थिए। तेस्रो व्यक्ति पूर्णत: कालो कपडामा थिए।
एनवाइपीडीले विवादकै कारण छुरा प्रहार भएको हुनसक्ने अनुमान गरेको छ। थप विवरण तत्काल उपलब्ध नभएको जनाइएको छ।