२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, कलाकार तथा सर्जकलाई सम्मान

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, कलाकार तथा सर्जकलाई सम्मान

काठमाडौं – ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड नेपाल चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भएको छ। वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यतामा तथा आयोजक निर्देशक ओम प्रकाश राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गायक शिव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मान प्रदान गरिएको थियो। त्यस्तै डा. सूर्य बहादुर मगरलाई राष्ट्रिय संगीत व्यवसायी सम्मान, भीष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान, राजेन्द्र बजगाईलाई राष्ट्रिय संगीत एवं कला रत्न सम्मान, शिरोमणी दवाडीलाई राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान तथा देवेन्द्र पाण्डेलाई राष्ट्रिय संगीत तथा कला सम्मान दिइएको थियो।

यस अवसरमा लेखक, निर्देशक, गायक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। वरिष्ठ संगीतकार राजु सिंह, अशोक कुमार राई, साउण्ड इन्जिनियर गोबिन्द सोनि, गायक सुरज पौडेल, संगीतकार मदन सुफिक्स, गीतकार गोविन्द भट्टलगायत व्यक्तिहरू निर्णायक मण्डलमा रहेका थिए।

कार्यक्रम संयोजक पेमा शेर्पा राईले स्वागत मन्तव्य प्रस्तुत गर्दै अवार्डबारे जानकारी गराएका थिए। त्रिशक्ती डान्स सेन्टरले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने बाल कलाकार निमडिक्की शेर्पाले पनि नृत्य प्रदर्शन गरे।

अवार्डमा विभिन्न श्रेणीमा उत्कृष्ट सर्जक तथा कलाकारलाई सम्मान गरिएको थियो। लोक आधुनिक गीततर्फ अम्बिका गुरुङ, लोक आधुनिक गायकतर्फ शम्भु फोम्बो लिम्बु, आधुनिक गायकतर्फ हरिदत्त फुलारा, चलचित्रतर्फ देवेन्द्र बराल, सामाजिक सचेतनातर्फ विजय संयोग सुब्बा, आधुनिक गजल संगीततर्फ पुस्कर सुनुवार, आधुनिक गायिकातर्फ निशा राई लगायतले अवार्ड प्राप्त गरे।

त्यस्तै आधुनिक गजल गीततर्फ श्याम कुमार बानियाँ, लिम्बु भाषा गीत भिडियो निर्देशक किशोर सुब्बा, आधुनिक लोक गायक भीम कुमार राई ‘अनन्त’, आधुनिक संगीतकार चन्द्रहाङ राई, राष्ट्रिय गीत गायक रोज सुनामी राई, थारु गीत गायक रत्नदीप चौधरी, मैथिली गीत गायिका बन्दना मैनाली, चलचित्र निर्देशक नबिन सुब्बा म्यानयाङ्बो लगायतले पनि अवार्ड पाए।

कार्यक्रममा भुवन के पोखरेल, कुसु गुरुङ, निशा थापा मगर, राजकुमार राई, रिदम कँडेल, सरिश्मा मगर, शंकर थापा स्माइल, सागरिका श्रेष्ठ, ईश्वर कुमार श्रेष्ठ, दिवाकर भण्डारी, नित्या शिवा लगायतलाई उत्कृष्ट सम्मान प्रदान गरिएको थियो।

सेसेमी लिम्बुको सहजीकरणमा सम्पन्न कार्यक्रममा गीत–संगीत तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।