भेपमार्फत सुन तस्करी आरोपी पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
- ११ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं – उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले तत्कालीन प्रमाणका आधारमा थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै असोज २९ गतेको थुनामा राख्ने आदेश बदर गरेको हो।
महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत असोज अन्तिम साता भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। अदालतले प्रमाण पर्याप्त नभएको भन्दै धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
यस आदेशसँगै महरा कानुनी प्रक्रियामा बाहिरैबाट उपस्थित हुनेछन्, तर सुन तस्करीसम्बन्धी मुद्दा भने अझै जारी रहनेछ।