अमेरिकामा १९ देशका आप्रवासीको ग्रीन कार्ड फेरि जाँचिने
- १२ मंसिर २०८२
- १ मिनेटको पढाई
वाशिङटन – ट्रम्प प्रशासनले १९ देशका नागरिकलाई दिइएको ग्रीन कार्ड पुनः समीक्षा गर्ने घोषणा गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यी देशका नागरिकहरूको ग्रीन कार्ड कडाइका साथ फेरि जाँच हुने बताएका छन्।
व्हाइट हाउसले यसअघि जुन महिनामा सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएका देशहरूमा अफगानिस्तान, क्यूबा, हैती, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सिएरा लियोन, तुर्कमेनिस्तान र टोगो रहेका छन्।
यो निर्णय वाशिङटन डीसीमा भएको एक घटनापछि आएको हो। त्यहाँ एक अफगान नागरिकले दुई जना नेशनल गार्डमाथि गोली चलाएको आरोप लगाइएको छ, जसमा एक जनाको मृत्यु भएको छ। सन्दिग्ध रहमानुल्लाह लकनवाल सन् २०२१ मा अमेरिकामा प्रवेश गरेका थिए। उनी अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीपछि अफगान नागरिकलाई दिइएको विशेष आप्रवासन कार्यक्रमअन्तर्गत अमेरिका आएका थिए।