हङकङ आवासीय भवनमा आगलागी, मृतक १२८ पुगे
- १३ मंसिर २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- हङकङका आवासीय भवनहरूमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या बढेर कम्तीमा १२८ पुगेको अधिकारीहरूले पुष्टि गरे। यो आगलागीलाई पछिल्ला ७० वर्षयताकै सबैभन्दा घातक मानिएको छ।
घटनापछि ती भवनहरूको मर्मत–सम्भार कार्यसँग सम्बन्धित थप आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। यसअघि नै तीन जनालाई पक्राउ गरिएको थियो।
अधिकारीहरूले आगलागीको कारण अझै स्पष्ट नभएको बताए। तर भवनका झ्यालबाहिर टाँगिएका पोलिस्टाइरिन फोम र संरक्षक जालले आगो तीव्र गतिमा फैलिन मद्दत गरेको उल्लेख गरे।
आगलागीमा ७९ जना घाइते भए भने कैयौँ व्यक्ति अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन्।