चार महिनामा १६ हजार पर्यटक मनाङमा
- १३ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरे। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिएअनुसार उक्त अवधिमा १०७ देशका नागरिक मनाङ पुगेका छन्।
पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला थिए भने अन्य मुलुकका नौ हजार ६९५ पुरुष र छ हजार ६०१ महिला रहेका छन्। इजरायलका १,९१०, फ्रान्सका १,३९२ र जर्मनीका १,२०८ नागरिकले मनाङ भ्रमण गरेका छन्।