जलेश्वर कारागारबाट भागेका २७३ कैदी अझै फरार
- १३ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं – गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलेश्वर कारागार तोडेर भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन्।
जेलर अशोककुमार क्षेत्रीले जानकारी दिएअनुसार ४० भारतीयसहित ५७६ कैदीबन्दीमध्ये ३०३ जना फर्किसकेका छन्। उनका अनुसार अझै पनि केही कैदीबन्दी स्वेच्छाले फर्किने क्रम जारी छ।
कारागार प्रशासनले भदौ २५ गते भागेका कैदीबन्दीलाई फर्किन आह्वान गरेको थियो। फर्की नआउनेहरूलाई कारागार ऐन २०७९ तथा अन्य कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिमाथि पनि कानुनअनुसार कारबाही हुने बताइएको छ।
भागेकामध्ये १३ कैदीलाई भारततर्फ जाँदै गर्दा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन सहयोग गरेको थियो। बाँकी कैदीहरू भने आफैं स्वेच्छाले कारागारमा फर्किएका हुन्। फरार कैदीबन्दीको खोजतलास भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।