न्यूजर्सीमा घरमा आगलागी : दुई बहिनीको ज्यान गयो
- १३ मंसिर २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- थ्याङ्क्सगिभिङको दिन अमेरिकाको न्यूजर्सी राज्यमा भएको आगलागीमा दुई बहिनीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूको अनुसार उनीहरू आफ्ना अपाङ्गित भएका बाबुलाई बचाउन प्रयास गर्ने क्रममा ज्यान गुमाए।
आगलागी अरेन्ज सहरको मोसवुड एवेन्यूमा बेलुकी करिब ५ बजे सुरु भएको थियो। एसेक्स काउन्टी प्रोसिक्युटरको कार्यालयले जानकारी दिएअनुसार ४९ वर्षीया फ्रान्जिया फ्ल्युरी र ४२ वर्षीया पोजानी फ्ल्युरी घरभित्रै ज्यान गुमाए।
उनका बाबु र अन्य छ जना भने सुरक्षित रूपमा घरबाट बाहिरिन सफल भएका थिए।
अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान जारी राखेकाे बताएका छन्।