क्यालिफोर्नियामा बर्थडे पार्टीमा गोली चल्दा चारजनाको मृत्यु ,१० घाइते
- १४ मंसिर २०८२
- १ मिनेटको पढाई
क्यालिफोर्निया- क्यालिफोर्नियाको स्टकटन शहरमा बालबालिकाको जन्मदिन पार्टी चलिरहेका बेला भएको गोलीकाण्डमा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मृतक तथा घाइतेमध्ये बालबालिकादेखि वयस्कसम्म रहेका छन्।
घटना शनिबार साँझ एक रेस्टुरेन्टमा भएको हो। स्थानीय प्रहरीका अनुसार यो लक्षित आक्रमण हुन सक्ने संकेत देखिएको छ तर संदिग्ध अझै पक्राउ परेका छैनन्।
सान जोआक्विन काउन्टी शेरिफ अफिसले घटनाबारे जानकारी वा भिडियो फुटेज भएका व्यक्तिहरूलाई सहयोग गर्न आग्रह गरेको छ। स्टकटनकी मेयर क्रिस्टिना फुगाजीले घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई अस्वीकार्य भनेकी छिन्।