२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

इन्डोनेशियामा बाढी–पहिरोमा ४४२ को मृत्यु, दक्षिण–पूर्व एशियामा संकट

इन्डोनेशियामा बाढी–पहिरोमा ४४२ को मृत्यु, दक्षिण–पूर्व एशियामा संकट

इन्डोनेशिया- इन्डोनेशियाको सुमात्रा टापुमा चक्रवात ‘सेन्यार’का कारण आएको बाढी र पहिरोमा मृत्यु हुने संख्या ४४२ पुगेको छ। हजारौँ घर डुबानमा परेका छन् भने दशौँ हजार मानिस विस्थापित भएका छन्।

थाइल्यान्डमा १७०, मलेसियामा २, र श्रीलंकामा १९३ जनाको मृत्यु भएको छ। भियतनाममा पनि टाइफुन ‘कोटो’को प्रभावले ३ जनाको मृत्यु भएको छ।

भारी वर्षा, चक्रवात र मनसुनको संयोजनले दक्षिण–पूर्व एशियामा दशकौँकै भीषण प्राकृतिक विपत्ति ल्याएको छ। उद्धार कार्य कठिन बनेको छ भने प्रभावित क्षेत्रहरूमा खाद्य संकट र आपतकालीन अवस्था सिर्जना भएको छ।