अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस : आधुनिक शोषणविरुद्ध चेतना
- १६ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं – १६ मङ्सिरमा विश्वभर अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। यस दिवसको उद्देश्य मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई द्वन्द्वमा जबरजस्ती भर्ती गर्ने जस्ता आधुनिक दासत्वका रूपविरुद्ध चेतना फैलाउनु हो।
संयुक्त राष्ट्रसङ्घले सन् १९४९ डिसेम्बर २ मा मानव बेचबिखन तथा यौन शोषण रोक्न महासभा प्रस्ताव पारित गरेको दिनको सम्झनामा यो दिवस मनाइन्छ।
राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर करिब पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन्, जसमा अधिकांश महिला र बालबालिका बलपूर्वक श्रममा बाध्य छन्। जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार र असमानताले केही समुदायलाई अझ बढी शोषणको जोखिममा पारेको छ।
अन्तरराष्ट्रिय श्रम सङ्गठनले दासत्व अन्त्यका लागि सरकार, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ।