एनपिएल इतिहासकै तेस्रो शतक एडमको नाममा
- १६ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन्। तेस्रो शतक पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध ५८ बलमा अविजित १०८ रन बनाउँदै दर्ज गरेका हुन्।
यससँगै एडम जारी सिजनमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमा शतक पूरा गर्दै ११४ रन अविजित बनाएका थिए।
पहिलो संस्करणमा पोखराका आन्द्रेस गोउसले मात्र शतक प्रहार गरेका थिए। उनले लुम्बिनीविरुद्ध १०४ रन बनाएका थिए।