अमेरिकी डलर हालसम्मकै उच्च, अन्य विदेशी मुद्रासमेत महँगो
- १७ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल राष्ट्र बैंकले १७ मङ्सिरका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। एक डलरको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा कायम भएको छ। स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतका मुद्राको मूल्य पनि बढेको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा तोकिएको छ। साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनर सबैको मूल्य वृद्धि भएको छ।
त्यसैगरी, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य पनि उच्च स्तरमा पुगेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।