बेलायतमा नेपाली नागरिकलाई बलात्कार र यौन दुर्व्यवहारमा २५ वर्षको जेल सजाय
- १७ मंसिर २०८२
- १ मिनेटको पढाई
लन्डन – बेलायतको क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरोमा बस्दै आएका ४९ वर्षीय नेपाली नागरिक प्रमोद ढकाललाई बलात्कार तथा बाल यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको छ। सजाय भुक्तान गरेपछि उनलाई थप ८ वर्षसम्म कडा निगरानीमा राखिने व्यवस्था गरिएको छ।
अदालतले ढकाललाई विगत १७ वर्षमा भएका यौन दुर्व्यवहारसम्बन्धी २५ वटा अपराधमा दोषी ठहर गरेको हो। उनले १३ वर्षमुनिका बालिकामाथि पाँच पटक, १३ वर्षमाथिका बालिकामाथि दुई पटक, साथै आठ वर्षकी नाबालिकालाई समेत बलात्कार गरेको प्रमाणित भएको छ। धेरैजसो पीडितहरू उनका नजिकका पारिवारिक सदस्यहरू रहेका र एउटै परिवारका एकभन्दा बढी सदस्यमाथि दुर्व्यवहार भएको पाइएको छ।
पीडितहरूमध्ये अधिकांश पिटरबरो क्षेत्रका हुन् भने एक जनालाई उनले लन्डनमा दुर्व्यवहार गरेका थिए। अदालतले ढकालले स्थानीय समुदायमा पण्डित र विश्वासिलो सदस्यको रूपमा बनाएको पहुँचलाई दुरुपयोग गर्दै यौन दुर्व्यवहार गरेको ठहर गरेको छ।
ढकाल पिटरबरोमा रेस्टुरेन्ट व्यवसायमा संलग्न थिए र स्थानीय नेपाली समुदायले उनलाई पण्डितका रूपमा सम्मान गर्ने गर्थे। सन् २००६ देखि पिटरबरोमा बस्दै आएका उनको पैतृक घर धादिङ हो भने हाल उनी काठमाडौँमा बस्ने गरेका छन्।