२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

२०२५ मा सबैभन्दा धेरै गलत उच्चारण गरिएका शब्दहरूको सूचीमा ‘जोहरान मामदानी’ र ‘लुभ्र’

२०२५ मा सबैभन्दा धेरै गलत उच्चारण गरिएका शब्दहरूको सूचीमा ‘जोहरान मामदानी’ र ‘लुभ्र’

न्युयोर्क – भाषा–अध्ययन कम्पनी Babbel र The Captioning Groupले सार्वजनिक गरेको सूचीअनुसार, २०२५ मा अमेरिकी समाचार एंकर, राजनीतिज्ञ तथा सार्वजनिक व्यक्तिहरूले सबैभन्दा धेरै गलत उच्चारण गरेका शब्दहरूमा न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मामदानी र पेरिसको प्रसिद्ध संग्रहालय लुभ्र (Louvre) पनि परेका छन्।

जोहरान मामदानी (Zohran Mamdani): ३४ वर्षीय मामदानी जनवरीमा पदभार ग्रहण गर्दै न्यूयोर्क सिटीका पहिलो मुस्लिम, अफ्रिकामा जन्मिएका तथा दक्षिण एशियाली मूलका मेयर बन्नेछन्। उनको नाम zoh-RAHN mam-DAH-nee उच्चारण गर्नुपर्ने भए पनि धेरैले “M” र “N” उल्ट्याएर गलत उच्चारण गरेका थिए। मामदानीले सही उच्चारण गर्ने प्रयासलाई स्वीकार गर्ने तर जानाजानी गलत उच्चारण गर्ने प्रवृत्तिलाई आलोचना गरेका छन्।

लुभ्र (Louvre): अक्टोबरमा फ्रान्सका क्राउन ज्वेल चोरी भएपछि विश्वकै सर्वाधिक भ्रमण गरिने संग्रहालय Louvreको नाम पनि बारम्बार गलत उच्चारण भएको थियो। सही उच्चारण LOOV-ruh हो, जसमा “ruh” निकै हल्का उच्चारण गर्नुपर्छ।

अन्य शब्दहरू:

Acetaminophen (Tylenolको सक्रिय तत्व): uh-SEE-tuh-MIH-nuh-fen

Alex Murdaugh (दक्षिण क्यारोलिनाका वकिल): AL-ick MUR-dock

Mounjaro (मधुमेह तथा मोटोपन उपचार औषधि): mown-JAHR-OH

Storm Éowyn (आयर्ल्यान्ड, स्कटल्याण्डमा आएको आँधी): ay-OH-win

भाषाविद्हरूका अनुसार धेरै शब्दहरू फरक भाषाबाट आएका कारण अंग्रेजी बोल्नेहरूलाई नयाँ ध्वनि अपनाउन कठिन भएको हो।