२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

मोदीले पुटिनलाई दिए रूसी भाषामा अनुदित गीता उपहार

मोदीले पुटिनलाई दिए रूसी भाषामा अनुदित गीता उपहार

नयाँदिल्ली- भारत–रूस शिखर सम्मेलनका लागि दुई दिने भ्रमणमा बिहीबार भारत पुगेका राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै विशेष स्वागत गरे। मोदी प्रोटोकल तोडेर आफैं पालम एयरपोर्ट पुगेका थिए र अँगालो मारेर पुटिनलाई स्वागत गरे।

स्वागतपछि दुवैजना एउटै कारमा प्रधानमन्त्री निवास पुगे, जहाँ पुटिनको सम्मानमा निजी डिनर आयोजना गरिएको थियो। सो अवसरमा मोदीले पुटिनलाई रूसी भाषामा अनुदित भगवद्गीता उपहारस्वरूप दिए। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै “मित्र पुटिनलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ” भनेका छन्।

शुक्रबार बिहान ११ बजे पुटिनलाई राजकीय सम्मानसहित औपचारिक स्वागत गरिएको छ। त्यसपछि उनले राजघाटमा पुष्पाञ्जलि अर्पण गरे। दुवै नेता हैदराबाद हाउसमा २३औँ भारत–रूस शिखर सम्मेलनका लागि पुगेका छन्।