जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी
- २२ मंसिर २०८२
- १ मिनेटको पढाई
टोकियो- जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार राति ११:१५ बजे गएको भूकम्पको केन्द्र ४१.० डिग्री उत्तरी अक्षांश र १४२.३ डिग्री पूर्वी देशान्तरमा रहेको जापानी मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ।
भूकम्पपछि होक्काइदो, आओमोरी र इवाते प्रान्तका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जेएमएले तीन मिटरसम्म छाल आउन सक्ने अनुमान गर्दै स्थानीय बासिन्दालाई सावधानी अपनाउन निर्देशन दिएको छ।
त्यसैगरी मियागी र फुकुशिमा प्रान्तमा पनि सुनामीको प्रभाव पर्न सक्ने सूचना प्रशासनले जारी गरेको छ।