२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

केन्टकी स्टेट विश्वविद्यालयमा गोलीकाण्ड : १ विद्यार्थीको मृत्यु, १ गम्भीर घाइते

केन्टकी स्टेट विश्वविद्यालयमा गोलीकाण्ड : १ विद्यार्थीको मृत्यु, १ गम्भीर घाइते

न्युयोर्क – अमेरिकाको केन्टकी स्टेट विश्वविद्यालयमा मंगलबार भएको गोलीकाण्डमा एक विद्यार्थीको मृत्यु भएको छ भने अर्को गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

प्रहरीका अनुसार ४८ वर्षीय आरोपी जेकब ली बार्डलाई हत्या र पहिलो दर्जाको आक्रमणको आरोपमा पक्राउ गरिएको छ। उनलाई बिना धरौटी हिरासतमा राखिएको छ। फ्रान्कफर्ट प्रहरी विभागले यो घटना ‘एकान्त घटना’ भएको बताउँदै तत्काल कुनै सुरक्षा चिन्ता नभएको स्पष्ट गरेको छ।

घटनापछि विश्वविद्यालयलाई लकडाउन गरिएको थियो। स्थानीय शेरिफ कार्यालय र विश्वविद्यालय प्रहरीहरूले परिसर सुरक्षित गरेका थिए।

विश्वविद्यालयका अध्यक्ष कोफ्फी अकाक्पोले यसलाई “अर्थहीन त्रासदी” भन्दै विद्यार्थी समुदाय शोकमा रहेको बताए। उनले विद्यार्थीहरूका लागि प्रार्थना गर्न आग्रह गरे।

केन्टकीका गभर्नर एन्डी बेशियरले पनि सामाजिक सञ्जालमार्फत घाइते र त्रसित विद्यार्थीहरूको लागि प्रार्थना गर्न जनतालाई आग्रह गरे।