४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिडन्त

लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिडन्त

काठमाडौं- काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै एनपिएलको फाइनलमा प्रवेश गरेको छ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनायो। डार्शी शर्टले ४५, कप्तान रोहितकुमार पौडेलले ३४ र निशोसन डिक्वेलाले २९ रनको योगदान दिए।

लक्ष्य पछ्याएको विराटनगर १७.४ ओभरमै ९४ रनमा अलआउट भयो। साम हेजल्टले ३४ र नरेन भट्टले २१ रन बनाए। लुम्बिनीका तिलक भण्डारीले ३ विकेट लिए भने रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले २–२ विकेट हात पारे।