२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्युयोर्कमा नेपाली कलाकारसहित भव्य ‘न्यु इयर सेलिब्रेसन’ हुँदै, केटीएम रियल्टी तथा रेभेल इभेन्ट्स इंक प्रायोजक

न्युयोर्कमा नेपाली कलाकारसहित भव्य ‘न्यु इयर सेलिब्रेसन’ हुँदै, केटीएम रियल्टी तथा रेभेल इभेन्ट्स इंक प्रायोजक

न्युयोर्क- न्युयोर्कस्थित नेपाली समुदायलाई लक्षित गर्दै आगामी डिसेम्बर २६ मा भव्य ‘न्यु इयर सेलिब्रेसन’ कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम Revel Events Inc. को आयोजनात्मक सहकार्य तथा KTM Realty Group को प्रमुख स्पोन्सरशिपमा हुन लागेको हो।

कार्यक्रममा न्युयोर्क सिटीमा सक्रिय चर्चित नेपाली कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। गायक तथा संगीतकार जेम्स प्रधान, निशा सुनार, बिमल डाँगी, सञ्जोक योंजन, बसन्ती राई, जरा प्रसाई, शुभाङ्गी गिरी, बृहती हमाल, सङ्गीता छ्योछोङ र आरजे एसआई ले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्।

कार्यक्रम कृष्ण आचार्य र लाल पुनको आयोजनामा साँझ ७ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम स्थल न्युयोर्कको वुडसाइडस्थित ‘द प्यालेस’ (63-01 Roosevelt Ave, Woodside, NY 11377) तोकिएको छ। कार्यक्रमको प्रवेश शुल्क ५० अमेरिकी डलर निर्धारण गरिएको छ।

कार्यक्रमको आयोजनात्मक सहकार्य Revel Events Inc. ले गरेको छ। गायक राजेश हमालको संस्थाले कला, संगीत र संस्कृतिको प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्दै आएको छ। RevelEvents Inc. ले अमेरिकामा मात्र होइन, देश–विदेशका विभिन्न सहरमा नेपाली समुदायलाई लक्षित गर्दै सांस्कृतिक, सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

परम्परागत नेपाली स्वाद झल्किने कार्यक्रमदेखि नयाँ पुस्तालाई आकर्षित गर्ने आधुनिक प्रस्तुतिसम्म समेट्दै आएको Revel Events Inc. ले कलाकार र समुदायबीच पुलको काम गरिरहेको छ। विदेशमा बसेका नेपालीलाई आफ्नै देशको माहोल सम्झाउने खालका कार्यक्रम ल्याउनु नै संस्थाको मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।

त्यस्तै  कार्यक्रमलाई KTM Realty Group ले प्रमुख स्पोन्सरका रूपमा साथ दिएको छ। रियल इस्टेट क्षेत्रमा स्थापित कम्पनीका तर्फबाट नबराज केसीले स्पोन्सरशिपको जिम्मेवारी सम्हालेका छन्। अवार्ड–विनिङ रियल इस्टेट ब्रोकरका रूपमा परिचित केसी न्यूयोर्कको Whitestone, NY स्थित कार्यालयमार्फत आवासीय तथा व्यावसायिक रियल इस्टेट सेवामा सक्रिय छन्। ‘Your Dream Home Starts with KTM Realty’ भन्ने नारासहित केटीएम रियल्टीले नेपाली समुदायलाई लक्षित सेवा प्रदान गर्दै आएको छ।

आयोजकका अनुसार नेपाली कला, संस्कृति र संगीतमार्फत नयाँ वर्षको उत्सवलाई अझ स्मरणीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। नेपाली कलाकार, व्यवसायी र समुदायबीचको सहकार्यले कार्यक्रमलाई थप भव्य बनाउने अपेक्षा आयोजकले गरेका छन्।