४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

लुम्बिनी लायन्सलाई एनपिएल उपाधि, रोहित सर्वोत्कृष्ट खेलाडी

लुम्बिनी लायन्सलाई एनपिएल उपाधि, रोहित सर्वोत्कृष्ट खेलाडी

काठमाडौं : काठमाडौंमा सम्पन्न दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको छ।

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पराजित भएको हो। प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका कप्तान रोहित पौडेल घोषित भए। उनले प्रतियोगिताभर २७६ रन प्रहार गरे भने फाइनलमा ह्याट्रिकसहित १० विकेट लिए।

रोहितले उत्कृष्ट खेलाडीको पुरस्कारस्वरूप कार जिते। साथै, नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने खेलाडीका रूपमा पल्सर मोटरसाइकल पनि पाए। सर्वाधिक विकेट लिने सन्दीप लामिछाने र उत्कृष्ट युवा खेलाडी शेर मल्लले पनि पल्सर बाइक प्राप्त गरे।

उपाधि जितेको लुम्बिनीले १ करोड १० लाख रुपैयाँ र ट्रफी हात पार्‍यो भने उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो।