२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

भारतमा मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा रंगशालामा तोडफोड

भारतमा मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा रंगशालामा तोडफोड

भारत – भारत भ्रमणमा रहेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कोलकातास्थित साल्टलेक रंगशाला अपेक्षा भन्दा पहिले छाडेपछि आक्रोशित दर्शकले तोडफोड गरेका छन्।

मेस्सीलाई प्रत्यक्ष हेर्न हजारौं समर्थक उपस्थित थिए। टिकटका लागि १०० अमेरिकी डलरभन्दा बढी खर्च गरेका प्रशंसकहरू निराश बनेपछि ब्यारिकेड तोड्दै मैदानमा प्रवेश गरे, सीट च्याते र पानीका बोतलहरू फ्याँके।

तोडफोड सुरु हुनुअघि मेस्सीले २१ मिटर अग्लो सालिक अनावरण गरेका थिए। दर्शकहरूले छोटो प्रदर्शनी खेलको अपेक्षा गरे पनि त्यो पूरा भएन।

राज्यकी मुख्यमन्त्री ममता बनर्जीले अव्यवस्थाका कारण भएको घटनाप्रति दुःख व्यक्त गर्दै मेस्सी र खेलप्रेमीहरूसँग माफी मागिन्।