२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अन्तरराष्ट्रिय साझेदारीमा स्थानीय सरकार निर्णायक भूमिकामा हुनुपर्छ : उपप्रमुख डङ्गोल

अन्तरराष्ट्रिय साझेदारीमा स्थानीय सरकार निर्णायक भूमिकामा हुनुपर्छ : उपप्रमुख डङ्गोल

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले भनेकी छन्, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी मात्र होइन, निर्णायक भूमिकामा राख्नुपर्छ।

ब्रसेल्समा भएको सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरममा उनले भनिन्, “भौतिक पूर्वाधारलाई संरचना मात्र होइन, स्थानीय सामाजिक र सांस्कृतिक मूल्यसँग जोड्नुपर्छ। प्रोजेक्ट डिजाइनिङ चरणदेखि नै स्थानीयको सहभागिता भए मात्र दिगो विकास सम्भव हुन्छ।”

उनले थपिन, विगतमा धेरै अन्तरराष्ट्रिय साझेदारीका योजना कार्यान्वयनको चरणमा मात्र स्थानीय देखिएका छन्, तर सुरुदेखि नै उनीहरूको सार्थक सहभागिता आवश्यक छ।