२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ब्राउन विश्वविद्यालयमा गोलीकाण्ड : दुई विद्यार्थीको मृत्यु, नौ घाइते, आक्रमणकारी अझै फरार

ब्राउन विश्वविद्यालयमा गोलीकाण्ड : दुई विद्यार्थीको मृत्यु, नौ घाइते, आक्रमणकारी अझै फरार

रोड आइल्याण्ड – अमेरिकाको रोड आइल्याण्ड राज्यस्थित प्रतिष्ठित ब्राउन विश्वविद्यालयमा शनिबार भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

घटना विश्वविद्यालयको इन्जिनियरिङ स्कूलअन्तर्गत बारस एण्ड होली भवनको पहिलो तल्लामा परीक्षा चलिरहेको बेला भएको हो। आक्रमणकारीले कक्षामा प्रवेश गरी गोली चलाएको बताइएको छ।

प्रहरीका अनुसार आक्रमणकारी कालो कपडामा थिए र सम्भवतः मास्क लगाएका थिए। उनको पहिचान वा उद्देश्यबारे जानकारी सार्वजनिक गरिएको छैन। सीसीटीभी फुटेजमा उनलाई भवनबाट बाहिर निस्कँदा देखिएको छ तर अनुहार देखिएको छैन।

घाइतेमध्ये धेरैजना ‘गम्भीर तर स्थिर’ अवस्थामा अस्पतालमा उपचाररत छन्। विश्वविद्यालयलाई लकडाउन गरिएको छ र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ।

ब्राउन विश्वविद्यालयका अध्यक्ष क्रिस्टिना प्याक्सनले यस घटनालाई “समुदायका लागि गहिरो त्रासदी” भनेकी छन्। रोड आइल्याण्डका गभर्नर ड्यान म्याक्कीले पनि पीडितप्रति संवेदना व्यक्त गरेका छन्।