२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

अष्ट्रेलियाको बोन्डी समुद्र तटमा आतंकवादी आक्रमण : १६ जनाको मृत्यु, ४० घाइते

अष्ट्रेलियाको बोन्डी समुद्र तटमा आतंकवादी आक्रमण : १६ जनाको मृत्यु, ४० घाइते

सिड्नी- अष्ट्रेलियाको बोन्डी समुद्र तटमा यहुदी समुदायलाई लक्षित गरी आइतबार भएको गोलीकाण्डमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। न्यू साउथ वेल्स प्रहरीले घटनाको पुष्टि गर्दै यसलाई आधिकारिक रूपमा आतंकवादी आक्रमण घोषणा गरेको छ।

घटनास्थल वरपरको क्षेत्र सील गरिएको छ, सडक बन्द गरिएको छ र हवाई गतिविधिमा प्रतिबन्ध लगाइएको छ। विस्फोटक उपकरणहरू पनि नजिकैको गाडीमा फेला परेका थिए, जसलाई सुरक्षित रूपमा हटाइएको छ।

प्रधानमन्त्री एन्थोनी अल्बनिजले राष्ट्रका नाममा सम्बोधन गर्दै यस घटनालाई “विनाशकारी आतङ्कवादी आक्रमण” भन्दै यहुदी समुदायसँग एकता व्यक्त गरेका छन्।

प्रहरी आयुक्त माल लान्योनका अनुसार आक्रमणमा संलग्न दुई संदिग्ध बुबा–छोरा थिए। ५० वर्षीय बुबा घटनास्थलमै मारिएका छन् भने २४ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा अस्पतालमा भर्ना भएका छन्।