एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता
- २९ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। ओलीले अपराह्न ३:३० बजे र पोखरेलले करिब ३ बजे आफ्नो नाम दर्ता गराएका थिए।
महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। उम्मेदवारको लाइन लामो भएकाले समय केही लम्बिने देखिएको छ।