२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्यूयोर्क–न्यूजर्सी क्षेत्रमा यस वर्षको पहिलो ठूलो हिमपात: वर्षा चेतावनी

न्यूयोर्क–न्यूजर्सी क्षेत्रमा यस वर्षको पहिलो ठूलो हिमपात: वर्षा चेतावनी

न्यूयोर्क- साताकाे अन्यमा आएको आँधीले न्यूयोर्क–न्यूजर्सी क्षेत्रमा यस वर्षको पहिलो ठूलो हिमपात भएको छ।

न्यूजर्सीमा सडकमा नुन छर्ने र हिउँ हटाउने काम भइरहेको छ भने पेन्सिलभेनियामा अन्तरराज्यीय राजमार्गमा गति सीमा अस्थायी रूपमा घटाइएको छ। खराब मौसमका कारण अमेरिकी विमानस्थलहरूमा १,००० भन्दा बढी उडान ढिला र १०० भन्दा बढी रद्द भएका छन्।

मिनेसोटामा तापक्रम -२२ डिग्री सेल्सियससम्म झरेको छ, यो वर्षको सबैभन्दा चिसो बिहान भएको मौसम विभागले जनाएको छ।

यसैबीच, प्यासिफिक उत्तरपश्चिम क्षेत्रमा हालैको बाढी र पहिरोपछि फेरि वर्षा र हावा चल्ने चेतावनी दिइएको छ, जसले हजारौँलाई प्रभावित गर्न सक्ने अनुमान गरिएको छ।