‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
- ०२ पुस २०८२
- १ मिनेटको पढाई
दोहा- कतारको राजधानी दोहामा भइरहेको संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्ध महासन्धि पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको स्पष्ट गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले सम्मेलनमा नेपालमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई उद्देश्य बनाएर अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।
नेपालले एफएटिएफ कार्ययोजनाअन्तर्गतका दायित्व पूरा गर्ने चरणमा रहेको जानकारी पनि दिएको छ।