२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड

नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड

काठमाडौँ- काठमाडौँमा आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा अर्थमन्त्री रामेश्वर खनालले दुई देशबीच आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिए। उनले नेपालले वैदेशिक लगानी भित्र्याउन आर्थिक सुधारका कार्यक्रमहरू अघि सारेकाले चिनियाँ लगानीकर्ताले ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न सक्ने वातावरण बनेको बताए।

नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बढाउँदै लगेको उल्लेख गर्दै औद्योगिक विकास, ऊर्जा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए। साथै, उनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।