२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

रास्वपा सभापति रवि लामिछाने धराैटीमा रिहा

रास्वपा सभापति रवि लामिछाने धराैटीमा रिहा

काठमाडौं- लुम्बिनी उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बैंक जमानत स्वीकार गरी रिहा गर्ने आदेश दिएको छ।

लामिछाने सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बचतकर्ताको रकम सुरक्षित हुने सुनिश्चितता भएको भन्दै बैंक जमानत स्वीकार गरेको हो।

लामिछानेले रु २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी पेश गरेका थिए। अदालतले उक्त रकम बिगो सुरक्षित गर्ने आधारमा थुनामुक्त गर्ने आदेश दिएको सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।

यस आदेशसँगै लामिछाने अब मुद्दाको अन्तिम फैसला नआएसम्म थुनामुक्त रहनेछन्।