न्युयोर्कका नवनिर्वाचित मेयर जोहरन माम्दानीलाई एजी जेम्स र सेन. बर्नी स्यान्डर्सले शपथ गराउने
- ०८ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कका नवनिर्वाचित मेयर जोहरन माम्दानीलाई नयाँ वर्षको पूर्वसन्ध्यामा मध्यरातमा न्युयोर्क स्टेट अटर्नी जनरल लेटिटिया जेम्सले आधिकारिक रूपमा शपथ गराउने भएकी छन्। त्यसको भोलिपल्ट, जनवरी १ मा, भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले सिटी हलमा आयोजित भव्य समारोहमा पुनः शपथ गराउनेछन्।
सिटी हलमा करिब ४ हजार दर्शक प्रत्यक्ष सहभागी हुनेछन् भने हजारौँ न्यूयोर्कवासीले Canyon of Heroes क्षेत्रमा आयोजना हुने बाह्य वाच पार्टीमार्फत प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
माम्दानीले आफूलाई प्रेरणा दिने दुई नेताबाट शपथ ग्रहण गर्नु गौरवको कुरा भएको बताए। स्यान्डर्सले भने माम्दानीको विजयलाई “श्रमिक वर्गको आन्दोलनको शक्ति”को प्रतिफल भन्दै सम्मानपूर्वक शपथ गराउने घोषणा गरेका छन्।
समारोहमा Public Advocate Jumaane Williams र Comptroller-elect Mark Levine पनि सहभागी हुनेछन्। साथै, माम्दानीको टोलीले ब्लक पार्टीको निम्तो सार्वजनिक गर्दै RSVP प्रणालीमार्फत प्रत्यक्ष वा अनलाइन सहभागी हुन सकिने व्यवस्था गरेको छ।