२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकी श्रमिकको संरक्षणका लागि H-1B भिसा चयन प्रक्रिया परिवर्तन

अमेरिकी श्रमिकको संरक्षणका लागि H-1B भिसा चयन प्रक्रिया परिवर्तन

न्युयोर्क – अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले H-1B कार्य भिसा वितरण प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेको छ। अबदेखि भिसा चयनमा उच्च कौशल र उच्च पारिश्रमिक पाउने विदेशी कामदारलाई प्राथमिकता दिइनेछ। यसले अमेरिकी श्रमिकको तलब, काम गर्ने अवस्था र रोजगारी अवसरलाई सुरक्षित गर्ने उद्देश्य राखेको छ।

पहिलेको जस्तै र्यान्डम लटरी प्रणालीलाई हटाएर नयाँ weighted selection process लागू गरिएको छ। यसले उच्च कौशल र उच्च तलब पाउने विदेशी कामदारलाई भिसा पाउने सम्भावना बढाउनेछ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) का प्रवक्ता म्याथ्यु ट्रागेसरले भने, “पहिलेको लटरी प्रणालीलाई नियोक्ताहरूले दुरुपयोग गर्दै कम तलबमा विदेशी कामदार ल्याउने गरेका थिए। नयाँ प्रणालीले अमेरिकी व्यवसायलाई उच्च तलब र उच्च कौशल भएका कामदार रोज्न प्रोत्साहन गर्नेछ।”

H-1B भिसा वार्षिक रूपमा ६५,००० जनालाई दिइन्छ, साथै अमेरिकी उच्च डिग्रीधारीका लागि थप २०,000 कोटा राखिएको छ। नयाँ नियम २०२६ फेब्रुअरी २७ देखि लागू हुनेछ र २०२७ आर्थिक वर्षको H-1B भिसा दर्ता सिजनमा प्रयोग हुनेछ।

यसअघि प्रशासनले भिसा कार्यक्रमको दुरुपयोग रोक्न अन्य कदम पनि चालेको छ, जस्तै राष्ट्रपति घोषणापत्रअनुसार प्रत्येक भिसाका लागि नियोक्ताले अतिरिक्त १,००,००० डलर तिर्नुपर्ने व्यवस्था।

ट्रागेसरले थपे, “ट्रम्प प्रशासनको H-1B सुधार प्रतिबद्धताको हिस्सा स्वरूप हामी नियोक्ता र विदेशी कामदार दुवैसँग बढी माग गर्नेछौं, ताकि अमेरिकी श्रमिकलाई कमजोर नपारियोस् र ‘अमेरिका फर्स्ट’ नीति कायम रहोस्।”