२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

“USCIS वर्षअन्त समीक्षा : आप्रवासनमा कडाइ, र्दुव्यबहारविरुद्ध ऐतिहासिक कारबाही”

“USCIS वर्षअन्त समीक्षा : आप्रवासनमा कडाइ, र्दुव्यबहारविरुद्ध ऐतिहासिक कारबाही”

न्युयोर्क – अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टि नोएम र USCIS निर्देशक जोसेफ एड्लोको नेतृत्वमा २०२५ भरि आप्रवासन प्रणालीमा कडाइ गरिएको छ। वर्षअन्त समीक्षा अनुसार, एजन्सीले आप्रवासीहरूको स्क्रिनिङ र भेरिफिकेशन प्रक्रिया कडा बनाउँदै राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिएको छ।

नोभेम्बर २६ मा अफगान नागरिकले गरेको आक्रमणपछि USCIS ले उच्च जोखिम भएका देशका आप्रवासीहरूको ग्रीन कार्ड पुनः परीक्षण गर्ने, शरणार्थी प्रक्रिया रोक्ने र आवेदनहरू स्थगित गर्ने कदम चालेको थियो। डिसेम्बर ५ मा नयाँ vetting center स्थापना गरी आतंकवादी वा अपराधी पहिचानमा जोड दिइएको छ।

सन् २०२५ मा मात्र USCIS ले १,९६,६०० भन्दा बढी Notice to Appear जारी गर्दै आप्रवासीलाई निष्कासन प्रक्रियामा पठाएको छ। साथै, १४,४०० भन्दा बढी व्यक्तिलाई सार्वजनिक सुरक्षा वा राष्ट्रिय सुरक्षा जोखिमका कारण ICE मा सिफारिस गरिएको छ।

एजन्सीले आप्रवासन धोखाधडीविरुद्ध ‘Operation Twin Shield’ सञ्चालन गर्दै विवाह धोखाधडीदेखि H-1B र विद्यार्थी भिसा दुरुपयोगसम्मका मुद्दा उजागर गरेको छ। २,००० भन्दा बढी स्थल निरीक्षण र १,५०० भन्दा बढी प्रत्यक्ष अन्तर्वार्ता गरेर सयौँ केसमा धोखाधडी वा सुरक्षा चिन्ता भेटिएको छ।

USCIS ले प्राकृतिककरण प्रक्रियामा पनि कडाइ गर्दै नागरिकता परीक्षामा प्रश्न संख्या बढाएको छ, उत्तीर्ण अंक उच्च बनाएको छ र नयाँ नागरिकको चरित्र तथा निष्ठा जाँच गर्न neighborhood investigation सुरु गरेको छ।

साथै, TPS अन्त्य गर्दै अफगानिस्तान, नेपाल, सिरिया, भेनेजुएला लगायतका देशका नागरिकलाई अस्थायी संरक्षण नदिने निर्णय गरिएको छ। USCIS ले सार्वजनिक लाभ दुरुपयोग रोक्न प्रायोजकलाई जिम्मेवार बनाउने नीति पनि लागू गरेको छ।

एजन्सीले वर्षभरि २९,००० भन्दा बढी धोखाधडी सिफारिस, १९,३०० भन्दा बढी अनुसन्धान र ६५% मा धोखाधडी प्रमाणित गरेको छ। USCIS निर्देशक एड्लोले भने, “यी कदमहरूले आप्रवासन प्रणालीमा पुनः विश्वास र सुरक्षा फर्काएको छ, अमेरिकी समुदायलाई सुरक्षित राखेको छ।”