२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

म्यारिल्यान्डमा ICE एजेन्टद्वारा गोली प्रहार, दुई अवैध आप्रवासी घाइते

म्यारिल्यान्डमा ICE एजेन्टद्वारा गोली प्रहार, दुई अवैध आप्रवासी घाइते

न्युयोर्क- बाल्टिमोर नजिकै ग्लेन बर्नीमा बुधबार ट्राफिक स्टपका क्रममा ICE एजेन्टहरूले गोली चलाउँदा पोर्चुगलका चालक टियागो अलेक्जान्द्रे सोउसा–मार्टिन्स घाइते भएका छन्। उनको भ्यान दुर्घटनामा परेपछि यात्रु एल साल्भाडोरका सोलोमन एन्टोनियो सेरानो–एस्क्विभेल पनि घाइते भएका थिए। दुबैलाई अस्पताल पुर्‍याइएको र अवस्था स्थिर रहेको DHS ले जनाएको छ।

अधिकारीहरूको भनाइअनुसार चालकले भ्यान ICE काे गाडीमा ठक्कर दिँदै सीधा एजेन्टतर्फ हानेपछि आत्मरक्षामा गोली चलाइएको हो। DHS का अनुसार हालै यस्ता घटनामा सवारी साधन प्रयोग गरेर आक्रमण बढ्दो छ भने ICE को PIT maneuver प्रयोग विवादास्पद बनेको छ।

यस घटनाले अमेरिकाभर बढ्दो आप्रवासन नियन्त्रण अभियानबीच हिंसात्मक भिडन्तहरू गम्भीर बन्दै गएको देखाएको छ।