२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

न्यूयोर्क सिटीमा चार वर्षकै ठूलो हिमपातको चेतावनी, यात्रा परामर्श जारी

न्यूयोर्क सिटीमा चार वर्षकै ठूलो हिमपातको चेतावनी, यात्रा परामर्श जारी

न्यूयोर्क- न्यूयोर्क सिटीले आगामी चार वर्षकै ठूलो हिमपातको सम्भावनाबीच यात्रा परामर्श जारी गरेको छ। पाँचै बरोमा करिब ८ इन्चसम्म हिउँ जम्न सक्ने अनुमान गरिएको छ।

सहरका सरसफाइ टोलीले शुक्रबार मध्यरातदेखि सडकमा तरल नुन छर्केर तयारी सुरु गर्नेछन्। दुई इन्च हिउँ जम्नेबित्तिकै सयौं नुन छर्क्ने गाडी र स्नोप्लाउ सडकमा परिचालन गरिनेछ।

अधिकारीहरूले शुक्रबार साँझदेखि यात्रा परामर्श जारी गर्दै नागरिकलाई आवश्यक काम सकेर हिउँ सुरु हुनु अघि नै घर फर्किन आग्रह गरेका छन्। सरसफाइ विभागका उप–आयुक्त जोशुआ गुडम्यानले सडक सफा गर्ने जिम्मा सहरले लिने तर फुटपाथ सफा गर्ने जिम्मा सम्पत्ति मालिकको हुने बताए। उनले छिमेकी र वृद्ध नागरिकलाई ध्यानमा राखी फुटपाथ सफा गर्न आग्रह गर्दै आवश्यक परे जरिवाना गर्ने चेतावनी पनि दिए।