२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

रौतहटमा डिस्टिलरीको ब्वाइलर विस्फोट : एकको मृत्यु, छ जना घाइते

रौतहटमा डिस्टिलरीको ब्वाइलर विस्फोट : एकको मृत्यु, छ जना घाइते

काठमाडौं- रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना कामदार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार बलुवा गाउँका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। अन्य घाइतेहरूको हातखुट्टा जलेको छ र उनीहरूलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ।

विस्फोटको कारण अझै स्पष्ट नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने डिस्टिलरीमा काम गर्ने मजदुरहरूको सुरक्षाबारे प्रश्न उठेको छ।