२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

तस्बिरमा हेरौँ विश्वभर कसरी गरियाे नयाँ वर्ष २०२६ को स्वागत

तस्बिरमा हेरौँ विश्वभर कसरी गरियाे नयाँ वर्ष २०२६ को स्वागत

न्युयोर्क – समयको भिन्नता अनुसार विश्वका विभिन्न देशहरूले भव्य आतशबाजी र हर्षोल्लासका साथ सन् २०२६ लाई स्वागत गरेका छन्। प्रशान्त महासागरको दुर्गम टापु राष्ट्र किरिबातीको किरितिमाटी एटल सन् २०२६ मा प्रवेश गर्ने विश्वकै पहिलो स्थान बनेको छ। त्यहाँ रहेका एक पर्यटकले पूर्ण अन्धकार र अनगिन्ती गँगटाहरूका बीच समुद्री किनारमा बसेर नयाँ वर्षको सुरुवात गरेको सुनाए।

अस्ट्रेलियाको सिड्नी हार्बर ब्रिज र सिड्नी ओपेरा हाउसमा मध्यरातमा आकर्षक आतशबाजी गरियो। बेलायतको लन्डनमा हजारौँ मानिसले आकाशमा झिलिमिली आतिशबाजीको आनन्द लिए। यस्तै, एडिनबर्गमा खराब मौसमको चेतावनीका बाबजुद ठुलो सङ्ख्यामा मानिसहरू भेला भएर उत्सव मनाए।

न्यूयोर्कको टाइम्स स्क्वायरमा परम्परागत रूपमा ‘बल ड्रप’ र कन्फेटी (रङ्गीचङ्गी कागजका टुक्रा) को वर्षाका बीच नयाँ वर्षलाई स्वागत गरियो। त्यहाँ झन्डै १० लाख मानिसको उपस्थिति रहेको अनुमान गरिएको छ।