प्रधानमन्त्री सुशीला कार्की र अमेरिकी राजदूत थम्प्सनबीच बिदाइ भेट
- २१ पुस २०८२
- १ मिनेटको पढाई
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाइ भेट गरेका छन्। राजदूत थम्प्सन आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेको अवसरमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री कार्की र राजदूत थम्प्सनबीच नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध, द्विपक्षीय हित र आपसी सहयोगका विविध पक्षमा कुराकानी भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा नेपालको विकास प्रयासमा अमेरिकाले पुर्याउँदै आएको सहयोगका लागि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरेकी छिन्।
राजदूत थम्प्सनले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट पाएको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि दुई देशबीचको मित्रता अझ प्रगाढ रहने विश्वास व्यक्त गरे।