४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

टी–२० विश्वकपको ट्रफी नेपाल आउनु गौरवको कुरा: राष्ट्रपति पौडेल

टी–२० विश्वकपको ट्रफी नेपाल आउनु गौरवको कुरा: राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनुलाई देशकै लागि एउटा गौरवपूर्ण क्षण भएको बताएका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ट्रफी सार्वजनिकीकरण समारोहमा उनले यस अवसरले नेपाल विश्व क्रिकेटको केन्द्र बन्ने दिशामा अघि बढेको सन्देश दिएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले क्रिकेटले नेपाललाई एकताको सूत्रमा बाँध्ने काम गरेको र यसको विकाससँगै नेपाली युवाहरूको भविष्य पनि खेल क्षेत्रमा सुनिश्चित हुँदै गएको बताए। उनले खेल क्षेत्रका लागि आवश्यक पूर्वाधार र अवसरहरू नेपालमा क्रमशः विकास हुँदै जानु सुखद पक्ष रहेको धारणा राखे।

नेपालमा विश्वकपको ट्रफी ल्याएर नेपाली क्रिकेट प्रेमीहरूको उत्साह र आत्मविश्वास बढाएकोमा राष्ट्रपतिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) लाई धन्यवाद दिएका छन्।

समारोहका क्रममा उनले नेपालमा आयोजना हुन लागेको ‘महिला विश्वकप छनोट’ र आगामी टी–२० विश्वकपमा सहभागी हुने नेपालका महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत दिए।