भेनेजुएलामा शान्तिपूर्ण लोकतन्त्रको पुनर्थापना हुनुपर्छ: प्रधानमन्त्री स्टारमर
- २१ पुस २०८२
- १ मिनेटको पढाई
लन्डन- बेलायती प्रधानमन्त्री कियर स्टारमरले भेनेजुएलाको वर्तमान परिस्थितिलाई निकै महत्त्वपूर्ण र गम्भीर विषय भएको बताउँदै त्यहाँ शान्तिपूर्ण रूपमा लोकतन्त्रको पुनर्थापना हुनुपर्नेमा जोड दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले निकोलस मादुरोलाई अवैध राष्ट्रपतिको रूपमा चित्रण गरे र बेलायतले लामो समयदेखि भेनेजुएलामा प्रजातान्त्रिक सङ्क्रमणको पक्षमा आवाज उठाउँदै आएको स्मरण गराए।
भेनेजुएलाको भविष्यका लागि अन्तर्राष्ट्रिय कानुनलाई नै मुख्य आधार बनाउनुपर्ने धारणा राख्दै स्टारमरले अमेरिकाले त्यहाँ गरेको सैन्य कारबाहीको कानुनी औचित्यबारे स्पष्ट पार्ने जिम्मेवारी स्वयम् अमेरिकाकै भएको बताए। उनले अहिलेको अवस्था निकै जटिल रहेको स्वीकार गर्दै सबैभन्दा महत्त्वपूर्ण कुरा त्यहाँको स्थिरता र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने उल्लेख गरेका छन्।