अन्योल चिर्न मेयर मामदानी र प्रहरी कमिश्नर टिसले संयुक्त पत्रकार सम्मेलन गर्ने
- २२ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कका मेयर जोहरान मामदानी र प्रहरी कमिश्नर जेसिका टिसले मङ्गलबार म्यानह्याटनमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। मेयरले हालै जारी गरेको कार्यकारी आदेशले प्रहरी प्रशासनको नेतृत्व तहबारे उब्जाएको अन्योल चिर्न यो कार्यक्रम तय गरिएको हो। मङ्गलबारको यस सम्मेलनमा गभर्नर क्याथी होचुलको पनि उपस्थिति रहनेछ।
मेयर मामदानीले सुरुमा प्रहरी कमिश्नरले प्रथम उपमेयरलाई रिपोर्ट गर्ने बताए पनि अहिले भने कमिश्नरले सिधै आफूलाई नै रिपोर्ट गर्ने भन्दै आफ्नो कुरा फेरेका छन्। उनले उपमेयरको भूमिका केवल दैनिक प्रशासनिक समन्वयमा मात्र रहने स्पष्ट पारेका छन्। दुई दिनअघि मात्रै कमिश्नरको भूमिका कमजोर बनाइएको भनी सुरु भएको चर्चालाई यस संयुक्त उपस्थितिले प्रस्ट पार्ने विश्वास गरिएको छ।