मिनियापोलिसमा आईसीई (ICE) एजेन्टको गोली प्रहारबाट एक महिलाको मृत्यु: मेयर र गभर्नर रुष्ट
- २४ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारी (ICE) को गोली लागेर ज्यान गुमाउने महिला ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुड रहेको पुष्टि भएको छ। संघीय अधिकारीहरूले यो घटनालाई ‘आत्मरक्षा’ को संज्ञा दिए पनि स्थानीय नेतृत्वले त्यसलाई ठाडै अस्वीकार गरेको छ। गृह सुरक्षा सचिव क्रिस्टी नोएमले आफ्ना अधिकारीहरूको कदमलाई सही ठहर्याउँदै गर्दा मिनियापोलिसका मेयर ज्याकब फ्रेले भने यसलाई ‘शङ्कास्पद’ भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। उनले आक्रोशित हुँदै आईसीई एजेन्टहरूलाई तत्काल सहर छोड्न समेत आग्रह गरेका छन्।
यस घटनाले मिनेसोटा राज्य र संघीय सरकारबीचको सम्बन्धमा थप दरार पैदा गरेको छ। राज्यपाल (गभर्नर) टिम वाल्जले राज्यमा भइरहेको यो विशाल अध्यागमन अपरेशन सार्वजनिक सुरक्षामै खतरा बनेको भन्दै हप्तौँदेखि चेतावनी दिँदै आएका थिए। सीएनएनले समीक्षा गरेका भिडियोहरूमा घटनाको अवस्था जटिल देखिएको छ, जसले गर्दा गोली चल्नुअघिको वास्तविक परिस्थिति अझै रहस्यमय बनेको छ। २ हजारभन्दा बढी संघीय अधिकारीहरूको तैनाथीले ट्विन सिटीज (मिनियापोलिस र सेन्ट पल) क्षेत्रमा त्रास र तनावको वातावरण सिर्जना गरेको छ।