क्यालिफोर्नियाको पहिचान र भविष्य, न्युजमको ठोस रोडम्याप
- २५ पुस २०८२
- १ मिनेटको पढाई
क्यालिफोर्निया- क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले सन् २०२६ को आफ्नो ‘स्टेट अफ द स्टेट’ सम्बोधनमार्फत राज्यको वर्तमान अवस्था र आगामी प्राथमिकताहरू सार्वजनिक गरेका छन्। राजधानी स्याक्रामेन्टोमा आयोजित समारोहमा सम्बोधन गर्नुअघि गभर्नर न्युजमलाई सिनेटर आयसा वाहब लगायतका नेताहरूले स्वागत गरेका थिए। आफ्नो मन्तव्यका क्रममा गभर्नरले क्यालिफोर्नियाको बलियो अर्थतन्त्र, जलवायु परिवर्तन विरुद्धका कडा कदम र स्वास्थ्य सेवामा भएको सुधारलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।
उनले सम्बोधनमा विशेष गरी आवासको समस्या र आवासविहीनताको संकट समाधानका लागि राज्यले गरिरहेको लगानीबारे चर्चा गर्दै यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। यस्तै, उनले सङ्घीय सरकारका कतिपय नीतिहरूले क्यालिफोर्नियाको स्वतन्त्रता र अधिकारमाथि चुनौती थप्न सक्ने भन्दै राज्यको मौलिक पहिचान र अधिकार रक्षाका लागि दृढ रहने सङ्केत समेत दिए। गभर्नरको यो सम्बोधनले आगामी निर्वाचन र क्यालिफोर्नियाको भविष्यका लागि एउटा महत्वपूर्ण मार्गचित्र कोरेको मानिएको छ।