२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

सियोलमा पत्रकार महासंघ दक्षिण कोरियाको आठौँ अधिवेशन हुँदै

सियोलमा पत्रकार महासंघ दक्षिण कोरियाको आठौँ अधिवेशन हुँदै

सियोल- नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले आफ्नो आठौँ अधिवेशन भोलि आइतबार सियोलमा भव्य रूपमा आयोजना गर्दैछ। यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले नेपालबाटै भर्चुअल माध्यममार्फत आफ्नो उपस्थिति जनाउनेछिन्। त्यस्तै, केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पनि विशेष अतिथिको रूपमा कार्यक्रममा जोडिएर साथ दिनेछन्। प्रवासमा रहेका नेपाली पत्रकारहरूको यो महत्वपूर्ण भेलाका लागि सबै तयारीहरू पूरा भइसकेको जानकारी कार्यवाहक अध्यक्ष सन्तोष खड्काले दिएका छन्।

अधिवेशनमा नयाँ नेतृत्व चयनको जिम्मेवारी निर्वाचन मण्डललाई दिइएको छ, जसको संयोजकमा महासंघका पूर्व अध्यक्ष अशोक मैनाली रहेका छन् भने सदस्यहरूमा केन्द्रीय पार्षदद्वय डा. किशोर कोइराला र विनोद पौडेलले भूमिका निर्वाह गर्नेछन्। भोलि  Jan 11, 2026‌ (२०८२ पुष २७ गते आइतवार ) मध्याह्न १२ बजेदेखि सुरु हुने यो अधिवेशनले दक्षिण कोरियामा रहेका नेपाली सञ्चारकर्मीहरूको एकता र व्यावसायिक भविष्यलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ। कार्यसमितिको टोली पहिले नै सियोल पुगिसकेको हुनाले कार्यक्रम निकै व्यवस्थित हुने अपेक्षा गरिएको छ।

डा किशोर कोइराला, दक्षिण कोरिया