समाजसेवी मोहनमान श्रेष्ठको ७८ वर्षको उमेरमा निधन
- २९ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्व मोहनमान श्रेष्ठको ७८ वर्षको उमेरमा असामयिक निधन भएको छ । वि.सं. २००४ माघ ३० गते जन्मिएका श्रेष्ठको सन् २०२६ जनवरी १ (२०८२ पुस १७) का दिन निधन भएको हो ।
स्वर्गीय श्रेष्ठ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) की पूर्व उपसभामुख श्रीमती सूर्य श्रेष्ठ महर्जनका पिता हुन्। साथै उनी वर्ल्ड नेवा अर्गनाइजेसन (World Newa Organization) का उपाध्यक्ष एवं क्विन्स डायमन्डका सञ्चालक समिर महर्जनका ससुरा हुन्।
उनको निधनले परिवार, आफन्त र समुदायमा गहिरो शोक छाएको छ । विभिन्न संघ-संस्थाहरुले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन् ।
दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उहाँको योगदानको स्मरण गरिरहेका छन् ।