कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा
- ०३ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब पार्टी एकढिक्का बनाएर अघि बढाउने बताएका छन्।
निर्वाचन आयोगले शुक्रबार (माघ २) विशेष महाधिवेशनबाट चुनेको उनको नेतृत्वलाई आधिकारिक मान्यता दिएपछि आज केन्द्रीय कार्यसमिति बैठकअघि मिडियासँग कुरा गर्दै थापाले विगतका तिक्तता बिर्सेर सबैलाई साथमा लिएर अगाडि बढ्ने जोड दिए।
“अग्रज नेतालाई सँगै हिँडाउँछौं, युवालाई जोड्छौं। पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्व खोजेका छौं। एक-दुई दिनमै सिंगो कांग्रेस एक ठाउँमा उभिन्छ,” उनले भने।
फागुन २१ मा हुने निर्वाचन नजिकिँदै गर्दा समय कम छ भन्दै उनले सबैलाई एकजुट भएर पार्टी अगाडि बढाउने दृढता व्यक्त गरे।
यो निर्णयपछि रुख चिह्न र चारतारे झण्डा पनि गगन पक्षले प्रयोग गर्न पाउने भएको छ, तर देउवा पक्षले विरोध जनाउँदै अदालत जाने तयारी गरेको छ। अब पार्टीमा नयाँ ऊर्जासँगै एकता खोज्ने प्रयास बढेको देखिन्छ।