२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

शान्तिपूर्ण प्रदर्शनकारीमाथि अश्रुग्यास नहान्न अदालतको आदेश

शान्तिपूर्ण प्रदर्शनकारीमाथि अश्रुग्यास नहान्न अदालतको आदेश

न्युयोर्क- मिनेसोटाकी संघीय न्यायाधीश केट मेनेन्डेजले अध्यागमन एजेन्टहरूलाई शान्तिपूर्ण प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्न र बिना आधार पक्राउ गर्न रोक लगाएकी छन्। उनले टाढैबाट एजेन्टको काम हेर्ने वा सुरक्षित रूपमा पछ्याउने व्यक्तिलाई अपराधीजस्तो व्यवहार गर्न नपाइने फैसला सुनाइन्। अमेरिकी नागरिक अधिकार संघले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले प्रदर्शनकारीको संवैधानिक अधिकारको रक्षा गर्नुपर्ने बताएको हो।

यो आदेश ७ जनवरीमा ३७ वर्षीया रेनी गुडको एजेन्टको गोलीबाट मृत्यु भएपछि बढेको तनावका बीच आएको हो। यता अमेरिकी गृह मन्त्रालयले भने आफ्ना एजेन्टहरूले दङ्गा नियन्त्रण गर्न र आफ्नो सुरक्षाका लागि मात्रै बल प्रयोग गरेको दाबी गरेको छ। न्यायाधीशले अध्यागमन छापा नै पूर्ण रूपमा रोक्न माग गरिएको अर्को मुद्दामा भने थप बहसका लागि अर्को हप्ताको समय तोकेकी छन्।