४ चैत्र २०८२, बुधबार
18 March 2026, Wednesday

टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं- आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई शनिबार बिदाइ गरिएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक विशेष कार्यक्रम गरी खेलाडीहरूलाई शुभकामनासहित बिदाइ गरेको हो।

श्रीलंका र भारतमा हुने विश्वकपका लागि निस्कन लागेको टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संयमित भएर खेल्न सुझाव दिए। उनले भने, “तिमीहरूमा भएको एकताले नै नेपाललाई फेरि खुसी दिलाउनेछ।” सचिव पारस खड्काले पनि विश्वले नै नेपाली टोलीको प्रदर्शन हेरिरहेकाले जिम्मेवारीपूर्वक खेल्न शुभकामना दिए। कप्तान रोहित पौडेलले टोली निकै उत्साहित रहेको र आफ्नो क्षमताले भ्याएसम्म उत्कृष्ट प्रदर्शन गर्ने बताए। टोली भोलि भारततर्फ प्रस्थान गर्दैछ।