२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

२१ पटकका विश्व कीर्तिमानी दिनेश सुनारलाई मानार्थ विद्यावारिधि

२१ पटकका विश्व कीर्तिमानी दिनेश सुनारलाई मानार्थ विद्यावारिधि

न्युयोर्क- गिनिज वर्ल्ड रेकर्डमा २१ पटक आफ्नो नाम लेखाउन सफल नेपाली खेलाडी दिनेश सुनारलाई अमेरिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ। इन्टरनेशनल इन्टर्नशिप युनिभर्सिटीले उनलाई ‘स्पोर्ट्स साइन्स एण्ड ह्युमन पर्फर्मेन्स’ मा यो सम्मान दिएको हो।

विश्वभरबाट असाधारण योगदान दिने चार जनामा छानिएका सुनार यो उपाधि पाउने पहिलो नेपाली पार्कर खेलाडी बनेका छन्। उनले यो सम्मानले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा बढाउन मद्दत पुगेको बताए। जिम्नास्टिक्समा धेरै स्वर्ण जितेका सुनार हाल अमेरिकामा ‘पार्कर एम्बेसडर’ का रूपमा कार्यरत छन्। ५० भन्दा बढी फिल्ममा स्टन्ट गरिसकेका उनले भविष्यमा नेपालमा ‘पार्कर एकेडेमी’ खोल्ने लक्ष्य राखेका छन्।