लिबियामा २१ आप्रवासीको सामूहिक चिहान भेटियो, एक जना पक्राउ
- ०३ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- लिबियाको अजदाबिया सहरमा २१ जना आप्रवासीको शव गाडिएको एउटा सामूहिक चिहान फेला परेको छ। अफ्रिकाका विभिन्न मुलुकबाट युरोप छिर्न खोज्ने आप्रवासीहरूलाई बन्धक बनाएर हत्या गरेको आरोपमा एक लिबियाली नागरिकलाई पक्राउ गरिएको छ।
सुरक्षा निकायले ती व्यक्तिको फार्म हाउसमा छापा मार्दा सामूहिक चिहान भेटिनुका साथै केही आप्रवासीहरूलाई जीवितै उद्धार समेत गरेको छ। उद्धार गरिएकाहरूको अवस्था नाजुक रहेकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। सन् २०११ मा गद्दाफीको पतनपछि लिबियामा अस्थिरता बढ्दै जाँदा मानव तस्करहरूले यसरी नै आप्रवासीहरूलाई दुःख दिने गरेका छन्। लिबिया अहिले युरोप जान चाहनेहरूका लागि ट्रान्जिट त बनेको छ, तर तस्करका कारण यो धेरैका लागि मृत्युको थलो पनि बनिरहेको छ।